सिनज्युकु नगरको भूकम्प निवारणको उपायहरू
最終更新日:2017年2月3日
ページID:000033933
सिनज्युकु नगरमा भूकम्प निवारण सहितको विपतबाट सबै नगरवासीको ज्यान तथा सम्पत्तिको सुरक्षा गर्न बिभिन्न प्रकारको उपायहरू अपनाउँदै आइरहेको छ।
सिनज्युकु नगरको विपत व्यवस्थापन केन्द्र
विपतले गर्दा नगरपालिका कार्यालय भवन आफै व्यापक क्षति भयो भने त्यसको जगेडा कार्य गर्न तथा विपत सम्बन्धि चेतनाको प्रचारप्रसार गरी जागरण ल्याउनको लागि आधारकेन्द्रको रूपमा १९९६ सालमा इचिगायानाकानो शहरमा स्थापित गरिएको थियो।
सिनज्युकु नगर विपत व्यवस्थापन केन्द्रको कार्य विवरण
सिनज्युकु नगर विपत व्यवस्थापन केन्द्रको कार्य विवरण
रोकथाम
- ओकोसिसिनस्या(भूकम्प अनुभव गर्ने गाडी)लाई ठाउँ ठाउँमा पठाउने
- विपत रोकथाम कार्यशालाको संचालन
- विपत रोकथाम DVD हेर्नलाई सापट दिने
- विपत व्यवस्थापन सम्बन्धि सरसामानहरू तथा आगो निभाउने उपकरणको मध्यस्थता
- विपत व्यवस्थापनको चेतना बढाउने पुस्तिका आदिको वितरण
जस्ता कार्यहरू सक्रिय रूपमा गर्दै आइरहेको छ।
- ओकोसि सिन्स्या (भूकम्पको अनुभव गर्ने गाडी) मा तालिम (जापानी भाषा)(新規ウィンドウ表示)
- विपत सम्बन्धि DVD हेर्नको लागि भाडामा दिने (जापानी भाषा)(新規ウィンドウ表示)
- घरेलू आपतकालीन सरसामानहरू को मध्यस्थता (जापानी भाषा)(新規ウィンドウ表示)
- आगो निभाउने यन्त्रको मध्यस्थता (जापानी भाषा)(新規ウィンドウ表示)
- घरेलू आगलागी सूचक यन्त्रको मध्यस्थता (जापानी भाषा)(新規ウィンドウ表示)
सूचना नगरवासी सम्म पुर्याउने माध्यम—विपत व्यवस्थापन प्रशासनिक वायरलेस को संचालन
सिनज्युकु नगरमा विपत उत्पन्न भएको समयमा, नगर भित्र १०२ ठाउँमा जडान गरिएको आउटडोर विपत व्यवस्थापन स्पिकरको प्रयोग गरी सबै नगरवासीहरूलाई सूचना पुर्याउने गरिन्छ।
त्यस्तै नगर भित्रको स्योउगाक्कोउ (प्राइमरी स्कूल) वा च्युउगाक्कोउ (जुनियर हाई स्कूल), नगरको शाखा उपशाखा, प्रहरी विभाग तथा आगो नियन्त्रण विभागहरूमा डिजितल मोबाइल खालको विपत व्यवस्थापन वायरलेस प्रसारण ठाउँ ठाउँमा राखी, चाँडचाँडै सूचना संकलन गरी प्रसारण गर्ने गरिन्छ।

मौसम सम्बन्धि जानकारी मेल डेलिभरी
मोबाइल फोनको मेलबाट मौसम सम्बन्धि जानकारी दिने 「सिनज्युकु मौसम सम्बन्धि जानकारी मेल」को संचालन गरिएको छ।
जानकारी चाहने आवेदक हरूलाई मौसम सम्बन्धि केइहोउ (कडा चेतावनी), च्युउइहोउ (चेतावनी) आदि स्वतः मेल पठाउने गरिन्छ।
क्षेत्रीय रूपमा वितरण गरिने आगो निभाउने उपकरणको जडान
नगर भित्रको सबै क्षेत्रमा आगो निभाउने उपकरण (करिब ३,९०० वटा) जडान गरी, प्राथमिक तवरमा आगो निभाउन सकिने गरी व्यवस्था गरिएको छ।
हिनानज्यो (सुरक्षित आश्रय शिविर) तथा हिनानबास्यो (सुरक्षित आश्रय) को व्यवस्थापन
आफ्नो घर भत्किएर अथवा आगलागी बाट जलेर नष्ट भयो भने, आश्रय लिने ठाउँको रूपमा नगरको स्योउगाक्कोउ (प्राइमरी स्कूल) वा च्युउगाक्कोउ (जुनियर हाई स्कूल) हरूलाई हिनानज्यो (सुरक्षित आश्रय शिविर) को रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्थापन गरिएको छ।
त्यस्तै ठूलो आगलागी भएर आफ्नो ज्यानको सुरक्षाको लागि आश्रय लिने ठाउँको रूपमा ठूला पार्क आदिलाई हिनानबास्यो (सुरक्षित आश्रय) भनेर तोकिएको छ।
खाद्यपदार्थ, दैनिक आवश्यक सरसामानहरू, पिउने पानीको सुनिश्चित
बिस्कुट र तत्काल चामल, पाउडर दूध जस्ता खाद्यपदार्थ तथा आवश्यक सरसामानहरू हिनानज्यो (सुरक्षित आश्रय)को भंडार गोदाम र हिनाज्यो (सुरक्षित आश्रय) मा थप आपूर्ति गर्नको लागि नगरको भंडार गोदाम मा भंडारण गरिएको छ।
बिस्कुट र तत्काल चामल, पाउडर दूध जस्ता खाद्यपदार्थ तथा आवश्यक सरसामानहरू हिनानज्यो (सुरक्षित आश्रय)को भंडार गोदाम र हिनाज्यो (सुरक्षित आश्रय) मा थप आपूर्ति गर्नको लागि नगरको भंडार गोदाम मा भंडारण गरिएको छ। साथै, खाने पानीको सन्दर्भमा हिनानज्यो (सुरक्षित आश्रय) को पानी ट्यांकी वा योदोबासी खाने पानी वितरण स्टेशन, चुरूमाकी मिनामी पार्क, ह्याकुनिनच्योउ फुरेआई पार्कको आपतकालीन पानी ट्यांकी बाट पानी आपूर्ति गरिन्छ। दैनिक जिविकाको लागि चाहिने पानी को सन्दर्भमा गहिरो इनार, सार्वजनिक स्नान घरको इनार, नगरको प्राइमरी स्कूल तथा जुनियर हाई स्कूलको पूललाई प्रयोग गर्न सकिने गरी मिलाइएको छ।

मध्य तथा उच्चतम अग्ला मानशनको आगलागी ब्यवस्थापनको उपाय
मध्य तथा उच्चतम अग्ला मानशनहरूलाई लक्षित गरी, आगलागी ब्यवस्थापन मार्गनिर्देशन पुस्तिका 「मानशन आगलागी ब्यवस्थापन सबभन्दा पहिलो पाइला」को वितरण तथा मानशन आगलागी व्यवस्थापन सल्लाहकारको परिचालन गरिन्छ।
फर्निचर ढल्नबाट रोक्ने सरसामानको निःशुल्क जडान
नगरवासीको आवासिय भवनलाई लक्षित गरी फर्निचर ढल्नबाट रोक्ने सरसामानको जडान सम्बन्धि पूर्व-अध्ययन गरेर, पछिल्लो दिनहरूमा जडान कार्य गरिन्छ।
अध्ययन खर्च तथा जडान खर्च चाहीं निःशुल्क हो। तर चाहिने सरसामानहरूको खर्च चाहीं उपभोग गर्ने व्यक्तिले व्यवस्था गर्नु पर्छ।
अध्ययन खर्च तथा जडान खर्च चाहीं निःशुल्क हो। तर चाहिने सरसामानहरूको खर्च चाहीं उपभोग गर्ने व्यक्तिले व्यवस्था गर्नु पर्छ।
विपत व्यस्थापन सम्बन्धि सरसामानको मध्यस्थता
विभिन्न प्रकारको विपतबाट बच्नको लागि प्रयोग गरिने सरसामानहरूको मध्यस्थता गरिन्छ।
- सरसामानहरू फर्निचर ढल्नबाट रोक्ने उपकरण, सुरक्षित स्थानमा जानको लागि चाहिने सरसामान, लामो समयसम्म राख्न मिल्ने पिउने पानी, लामो समयसम्म राख्न मिल्ने खाद्यसामाग्री आदि।
- आवेदन दिने तरिका विशेष शाखा कार्यालय, संकट व्यवस्थापन विभाग, विपत्ती नियन्त्रण केन्द्र बाट वितरण गरिने निर्देशिकाको पर्चामा मा जोडेको आवेदन फारम प्रयोग गरी, तोकिएको कम्पनिहरूमा सीधा आवेदन दिनु होला।
本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。