परिवारको सदस्य बिच छलफल・पाल्तु जनावरको सुरक्षित स्थानमा सराइ
最終更新日:2017年2月3日
ページID:000033942
परिवारको सदस्य बिच छलफल
सामान्य अवस्थामा अग्रिम रूपमा परिवारको सुरक्षा सुनिस्चित गर्ने तरिका आदि को बारेमा कुराकानी गर्नु अत्यावश्यक छ।
परिवार भित्र पनि विपतको बारेमा छलफल गर्ने समय बनाएर समय समयमा विपतको अग्रिम तयारी गर्नु होला।
परिवार भित्र पनि विपतको बारेमा छलफल गर्ने समय बनाएर समय समयमा विपतको अग्रिम तयारी गर्नु होला।
- आकस्मीक बोक्ने झोलाको तयारी・चेक जाँच गरी, भण्डार गर्ने ठाउँ निर्धारण गरेर राखौं।
- हिनानज्यो(सुरक्षित आश्रय शिविर) वा हिनान बास्यो (सुरक्षित आश्रय) को बारेमा वास्तवमै घरबाट पैदल हिंडेर सुनिश्चित गरेर राखौं।
परिवारका सदस्यहरू छुट्टाछुट्टै स्थानमा हुँदाखेरी ठूलो भूकम्प गयो भने कुन ठाउँमा भेट्ने त।
हिनान बास्यो (सुरक्षित आश्रय) भनेको निकै फराकिलो हुनुको साथै ठूलो भूकम्प गयो भने अरू पनि धेरै मानिसहरू त्यो ठाउँमा सुरक्षित आश्रय लिन आउँछन।
हिनान बास्यो (सुरक्षित आश्रय) भित्र पनि परिवारको भेट्ने ठाउँ यहाँ गरौं भनेर निर्णय गरौं। (जस्तै शौचालयको संगै, घडीको खम्बाको छेउमा, चिप्लेटीको छेउमा आदि)
- विपत व्यवस्थापन कार्ड आफै तयार गरी, बोकेर हिंड्ने गरौं।
विपत व्यवस्थापन कार्ड
भूकम्प जस्ता विपत भनेको कहिले जान्छ भनेर कसैलाई हुँदैन।
विपत व्यवस्थापन कार्ड मा आवश्यकता अनुसारको सूचनाहरू भर्नु भई, तुरून्त लिएर हिंड्न सक्ने गरी तयार गरौं।
विपतको बेलामा विपत व्यवस्थापन कार्ड पनि बोकेर सुरक्षित स्थानमा जानुहोला।
साथै, विपतको बेला मात्र नभई, जहिले पनि आफ्नो दिनहुँ प्रयोग गर्ने झोला वा पर्स मा राखेर बोकी हिंड्ने गरेमा उपयोगी सिद्ध हुन्छ।
कुनै रोग वा एलर्जी भएको व्यक्ति अथवा दिनहुँ औषधी सेवन गर्नु पर्ने व्यक्तिले त्यससम्बन्धि जानकारी पनि भर्नु होला।

पाल्तु जनावरलाई सुरक्षित स्थानमा लाने
सिनज्युकु नगरको हिनानज्यो व्यवस्थापन मा पाल्तु जनावरहरूलाई आश्रय दिने ठाउँ पनि बनाइन्छ।
जनावर पाल्ने मालिकले जनावरको लागि 「खोर・घाँटीमा बेर्ने पेटी・डोरी」, 「जनावरको खाना・पानी」「शौचालय गर्ने साधन」「सँधै सेवन गर्ने औषधी」आदि राखेर जनावरको आपतकालीन बोक्ने झोला तयारी गर्नु होला।
जनावरलाई चोटपटक लाग्यो भने पशु चिकित्सालयमा देखाउनु पर्ने हुन्छ। नजिकैको पशु चिकित्सालय सम्झेर राख्नु होला।
त्यस्तै पाल्तु जनावरलाई अस्थायी रूपमा हेरिदिने साथी तथा आफन्तहरू पनि आवश्यक हुन आउँछ।

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。