आवास भवनको भूकम्प प्रतिरोधक डायग्नोसिस, भूकम्प प्रतिरोधक सुदृढीकरण आदि
最終更新日:2017年2月3日
ページID:000033934
हानसिन・आवाजी महाभूकम्प गएको बेला, नयाँ भूकम्प प्रतिरोधक नियमावली भन्दा पहिलेको अर्थात १९८१ साल भन्दा पहिले बनेका घरहरू धेरै भत्किएका थिए।
भूकम्पबाट बच्ने अग्रिम तयारीको रूपमा भवनको भूकम्प प्रतिरोधक डायग्नोसिस गराउनु होला। भूकम्प प्रतिरोध डायग्नोसिसको नतिजा भूकम्प प्रतिरोधक शक्ति कमजोर भएको निर्धारण गरियो भने, खम्बा वा भित्ता अनि जग आदिको सुदृढीकरण पनि गरौं।

सिनज्युकु नगरमा 「भूकम्प प्रतिरोधक डायग्नोसिस वा भूकम्प प्रतिरोधक सुदृढीकरण निर्माण कार्यको लागि अनुदान」दिने गरिन्छ।
टेलिभिजन तथा फ्रिज को फिक्सिंग

फ्रिज या कम्प्युटर जस्ता विद्युतिय उपकरणहरू, पियानो आदिको बारेमा सोच्न विर्सने हुन्छ।
विद्युतिय उपकरणको निर्माण कम्पनिले उक्त उपकरण ढल्न बाट रोक्ने किल्ला अदि सामान पनि निर्माण गरेर विक्रिमा ल्याइएको हुन्छ।
सम्बन्धित उपकरणको निर्माण कम्पनिमा सोधपुछ गर्नु होला।
पियानोको सन्दर्भमा भने म्युजिकल साधनको प्रमूख फन्कशन नबिगार्ने खालको ढल्नबाट बच्ने प्रविधि हुने हुनाले ती प्रतिरोधात्मक साधन सम्बन्धि प्राविधिक ज्ञान भएको निर्माण कम्पनि संग सोधपुछ गर्नु होला।

ब्लक पर्खाल आदिको मर्मत कार्य
समय बित्दै गएकोले पुरानो भएको कारण अथवा डण्डीको प्रयोग नगरेकोले पनि हुन सक्छ।
पर्खालको चेकजाँच गरी, आवश्यक भएमा सुदृढीकरण गरौं।
पर्खालको चेकजाँच गरी, आवश्यक भएमा सुदृढीकरण गरौं।
सिनज्युकु नगरमा, सडकतर्फको ब्लक पर्खाललाई बिरूवाको लहरा अथवा सानो खालको बोटले घेर्नको लागि चाहिने खर्च तथा त्यसबेला निस्कने ब्लक पर्खाल आदिको टुक्राहरू हटाउन लाग्ने खर्चको एक भाग अनुदान दिने 「सिनज्युकु नगर बाटोको छेउछाउ हरियाली बनाउने अनुदान」को व्यवस्था गरिएको छ।
त्यस्तै ब्लक वाल हटाउने मात्रको लागि पनि 「ब्लक वाल आदि हटाउनको लागि अनुदान」 दिने गरिन्छ।
ठाडो भीर वा पर्खाल मा तार बाँध्ने आदि मर्मतसुधार
भूकम्प गयो भने भत्किने जोखिम भएका भीरपाखा या तारले बाँध्नु पर्ने पर्खालहरू छैन की?
भीरपाखा आदिको स्वमित्व भएका मालिकहरू पर्याप्त सावधान रहनु होला।
सिनज्युकु नगरको 「पैह्रो रोक्ने बार या भीरपाखाको मर्मत आदि सहयोग कार्यक्रम」 लाई उपयोग गर्नु होला।
भीरपाखा आदिको स्वमित्व भएका मालिकहरू पर्याप्त सावधान रहनु होला।
सिनज्युकु नगरको 「पैह्रो रोक्ने बार या भीरपाखाको मर्मत आदि सहयोग कार्यक्रम」 लाई उपयोग गर्नु होला।
本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。