जानेर राख्नुपर्ने प्राथमिक उपचार विधि
最終更新日:2017年2月3日
ページID:000033937
आफ्नो परिवार वा छिमेकीहरूमा कसैलाई चोटपटक लागेको खण्डमा सकेसम्म चाँडो प्राथमिक उपचार गर्नु होला।
मुटु र फोक्सोको कार्य पुनःसञ्चालनमा ल्याउने तरिका
बाटोमा पल्टेको व्यक्ति देख्नु भयो भने
काँधमा थपथपाएर स्वर निकालेर बोलाउने।
प्रतिउत्तरमा केहि पनि आएन भने नजीकैको व्यक्तिलाई ११९ नम्बरमा फोन गरेर रिपोर्ट गर्न लगाई, AED बोक्न अनुरोध गर्ने। पल्टिरहेको व्यक्तिको स्वासप्रस्वास नली विनाको स्वासप्रस्वासको निश्चय गर्ने (छाती र पेटको भागको गति १० सेकेन्ड जति हेर्ने)

मुटु र फोक्सोको कार्य पुनःसञ्चालनमा ल्याउने

साधारण जसो स्वासप्रस्वास छैन भने, छातीको हड्डिलाई ३० पटक हातले थिच्ने निकाल्ने गर्ने।

छातीको हड्डिलाई हातले थिच्ने निकाल्ने गरेपछि स्वासप्रस्वास नली पत्ता लगाएर २ पटक कृतिम स्वासप्रस्वास दिने।
त्यसपछि पनि दोहोर्याएर छातीको हड्डिलाई ३० पटक हातले थिच्ने निकाल्ने र २ पटक कृतिम स्वासप्रस्वास दिने।
रगत बगिरहेको अथवा बान्ता गरेको छ भने रोग सर्ने जोखिम हुने भएकोले कृतिम स्वासप्रस्वास नदिइकन छातीको हड्डिलाई हातले थिच्ने निकाल्ने कार्य निरन्तर रूपमा गर्नु पर्दछ।

आगोले पोल्यो भने

आगोले पोलेको ठाउँमा १५ मिनेट भन्दा बढी धाराको पानीमा डुबाएर पर्याप्त रूपमा चिसो पार्ने।
अन्डरवेयर वा मोजाहरू नफुकालीकन त्यसको माथिबाट बिस्तारै पानी खन्याउने।
जीवाणुको संक्रमण हुन सजिलो हुने भएकोले, पोलेको फोका हरू नफुट्ने गरी होस गर्ने।

काटेको घाउ

रक्तस्राव धेरै छैन भने, सफा पानीले घाउ धोएर र कपडाको गज आदिले बेरेर सुरक्षित बनाउने।
रक्तस्राव

ठूलो मात्रामा रक्तस्राव भयो भने सफा कपडा वा गजले घाउको माथिबाट थिच्ने।
यसरी थिचेपनि रोकिएन भने मुटु नजिकको धमनी (ठूलो रगत नली) थिच्ने

हाड भाँचियो भने

हाड भाँचियो भने सुन्निने हुनाले जुत्ता खोलेर लुगाफाटाहरू काटेर खुकुलो पार्ने।
पत्रिका वा कार्डबोर्ड, काठको भेनिस्ता जस्ता थेग्ने साधन प्रयोग गरी हाड भाँचिएको ठाउँलाई अचल बनाउने।
नसकी नसकी यताउता नहिंडाई सुताएर राख्नु होला।

माथि उल्लेख गरिएका कुराहरू सरल व्याख्या मात्र हो।
टोक्यो आगो नियन्त्रण विभागले विभिन्न स्थानहरूमा आकस्मीक समयमा मानिसको ज्यान बचाउने प्राथमिक उपचार को प्रशिक्षण दिने गरिन्छ।
प्रशिक्षणको कक्षा लिनु भयो भने प्रमाणपत्र वितरण गरिनेछ।
विस्तृत जानकारीको लागि कृपया टोक्यो आगो नियन्त्रण विभागको होमपेज http://www.tfd.metro.tokyo.jp/

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。