भूकम्प रोकिएपछि
最終更新日:2017年2月3日
ページID:000033939
भूकम्प गएपछि त्यहाँ ठूलो आगलागी हुने अथवा घरहरू भत्किने खतरा छैन भने सुरक्षित स्थानमा निस्कनु आवश्यक छैन।
नगरपालिकाको विपत व्यवस्थापन वायरलेस प्रसारण वा रेडियो आदिबाट सही जानकारी प्राप्त गरौं। झूठा अफवाहहरूको बहकाउमा नलाग्नु होला।
छिमेकीको घरमा आगलागी भएर आफ्नो घरमा पनि आगो फैलने जोखिम उच्च भयो भने अथवा घर भत्कने सम्भावना उच्च भयो भने अथवा आगो नियन्त्रण विभाग वा प्रहरी विभाग बाट निर्देशन गरियो भने तुरन्त सुरक्षित स्थानमा जानु होला।

कस्तो बेलामा कता गएर सुरक्षित हुने त
[१] कम्पन रोकिएपछि नजिकैको पार्क वा खाली जग्गा आदि 「इत्तोकी स्युउगोउ बास्यो (अस्थायी जम्मा हुने ठाउँ)」मा गएर विपतको अवस्थालाई नियाल्ने।
[२] ठूलो आगलागीबाट आफ्नो घर अथवा कार्यालय भवनमा खतरा बढ्यो भने 「हिनान बास्यो (सुरक्षित आश्रय)」मा गएर सुरक्षित हुने।
[३] आफनो घर भत्कियो अथवा आगलागी ले गर्दा फर्किन नसकिने अवस्था भयो भने 「हिनानज्यो (सुरक्षित आश्रय शिविर)」(नगर भित्रको स्योउगाक्कोउ (प्राइमरी स्कूल), च्युउगाक्कोउ (जुनियर हाई स्कूल) आदिमा गएर सुरक्षित हुने।

इत्तोकी स्युउगोउ बास्यो (अस्थायी जम्मा हुने ठाउँ)

इत्तोकी स्युउगोउ बास्यो (अस्थायी जम्मा हुने ठाउँ) च्योउकाई (बसाई को छिमेकी संस्था) वा जिचिकाई (बसाईको व्यवस्थापन गर्ने संस्था) ले निर्धारण गरेको हुन्छ।
यो हिनानज्यो(सुरक्षित आश्रय शिविर) वा हिनान बास्यो (सुरक्षित आश्रय) मा जानु अगाडि नजिकैका वासिन्दाहरू अस्थायी रूपमा जम्मा हुने स्थान हो। त्यहाँ जम्मा भएर विपतीको अवस्था नियाल्ने गरिन्छ।
त्यसपछि विपतको अवस्था हेरी, हिनानज्यो(सुरक्षित आश्रय शिविर) वा हिनान बास्यो (सुरक्षित आश्रय) मा गएर सुरक्षित आश्रय लिनुहोला।

हिनानज्यो (सुरक्षित आश्रय शिविर)

भूकम्प वा वाढीपैह्रो आदिको विपतले गर्दा घर भत्किएर अथवा आगलागीले जलेर नाश भएकोले आफ्नो घरमा दैनिक जिविका चलाउन नसक्ने अवस्थामा रहेका व्यक्तिहरूले अस्थाइ रूपमा सुरक्षित आश्रय लिने स्थान हो।
सूचना प्रदान गर्ने, खाना वितरण गर्ने, प्राथमिक उपचार गर्ने आधार शिविरको रूपमा पनि लिन सकिन्छ।

हिनान बास्यो (सुरक्षित आश्रय)

ठूलो भूकम्प आदिले गर्दा उत्पन्न हुने ठूलो आगलागी बाट आफ्नो ज्यानको सुरक्षाको लागि आश्रय लिने ठाउँ हो।
ठूलो पार्क वा फराकिलो चोक हरू हिनान बास्यो (सुरक्षित आश्रय) भनेर तोकिएको हुन्छ।

सुरक्षित स्थानमा निस्कनु अघि
ग्याँस उपकरणको मुख्य स्वीच, बिजुली को मुख्य ब्रेकर बन्द गर्ने।

मूल द्वार मा आश्रय लिने ठाउँ आदि टिप्पणी कागतमा लेखेर टाँसेर जानकारी दिने।

सुरक्षित स्थानमा जाने बेलामा पैदल जाने गरौं।
आपतकालीन सरसामान राखेको झोला पछाडि भिरेर दुबै हात सजिलै चलाउन मिल्ने गरी मुक्त गर्ने।

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。