भूकम्प गयो भने ~घर भित्र हुँदा~
最終更新日:2017年2月3日
ページID:000033943
साधारण समयमा दैनिक रूपमा तयारी गर्नु जरूरी हुन्छ। दैनिक रूपमा घर भित्र शुरक्षित स्थानको निर्क्यौल गरेर राखौं। भूकम्प गयो भने नअत्तालिइकन शान्तपूर्वक निम्नानुसार कार्य गर्नु होला।
आफ्नो ज्यानको सुरक्षा गर्ने
भूकम्पको कम्पन महशुस गर्नु भयो भने तुरून्त घर भित्रको सुरक्षित स्थानमा सरेर बलियो खालको टेबल आदिको मुनी लुकेर, टेबलको खुट्टालाई समातेर आफ्नो ज्यानको सुरक्षा गरौं। टकिया वा चकटीहरू छन् भने त्यसले टाउको छोपेर जोगाउने गरौं।

कम्पन रोकियो भने आगो को व्यवस्थापनमा ध्यान दिने
ग्याँस उपकरणको मूल स्वीच बन्द गर्ने, बिजुली उपकरण को प्लग निकाल्ने (हल्लिरहेको बेला भने आफ्नो शरीर को सुरक्षा लाई प्राथमिकता दिने)
[१]कम्पन रोकियो भने आगोको व्यवस्थापन गर्ने
[२]यदि आगलागी भइहालेछ भने पनि नअत्तालिइकन शान्त भएर आगो निभाउने
[१]कम्पन रोकियो भने आगोको व्यवस्थापन गर्ने
[२]यदि आगलागी भइहालेछ भने पनि नअत्तालिइकन शान्त भएर आगो निभाउने
ग्याँस लाई पुनः प्रयोगमा ल्याउने तरिका
ग्याँस मीटर को सुरक्षा फंक्शन सक्रिय भएर ग्याँस बन्द हुँदा खेरी, रातो बत्ति फ्वाक फ्वाक बल्ने निभ्ने भइरहन्छ। सरल रूपमा ग्याँस पुनः प्रयोगमा ल्याउन सक्नुहुन्छ।
[१] ग्याँस उपकरण सबै बन्द गर्ने। घर बाहिर भएका उपकरणहरू पनि नबिर्सिइकन बन्द गर्न होला।
[२] रिसेट बटन को बिर्को खोल्नु होला।

[३] रिसेट बटन मज्जाले भित्रसम्म थिचेर बिस्तारै हात झिक्ने। रातो बत्ती बलेपछि फेरी फ्वाक फ्वाक बल्ने निभ्न शुरू हुन्छ्।

[४] बिर्को लगाउने, तर ग्याँस प्रयोग नगरिकन ३ मिनेट पर्खने। (यो समयमा कतै ग्याँस चुहेको छैन कि भनेर चेक आफै गरिरहन्छ)
फ्वाक फ्वाक बल्ने निभ्ने रोकेको रहेछ भने ग्याँस प्रयोग गर्न मिल्ने संकेट हो।

अत्तालिएर घर बाहिर नजाने

कम्पन नरोकिएसम्म अत्तालिएर घर बाहिर हाम फाल्ने, भागाभाग नगर्नु होला।
मूलढोकाको खापा र झ्यालहरू खोलेर निस्कने बाटो सुरक्षित गरौं। भवन भत्कने ढल्ने जोखिम छ भने, माथिबाट खस्न सक्ने वस्तु हरूमा सतर्क भई सुरक्षित ठाउँमा जाऔं।
मूलढोकाको खापा र झ्यालहरू खोलेर निस्कने बाटो सुरक्षित गरौं। भवन भत्कने ढल्ने जोखिम छ भने, माथिबाट खस्न सक्ने वस्तु हरूमा सतर्क भई सुरक्षित ठाउँमा जाऔं।
चोटपटकमा सतर्कता अपनाउने
झ्यालको नजिकै काँचको झ्याल फुटेर छरिने जोखिम हुन्छ। खालि खुट्टा अथवा मोजा मात्र लगाएर नहिंड्ने। स्लिपर चप्पल वा जुत्ताको तयारी गरेर राखौं।
बत्तीको साधनहरू, कोठा भित्र सजाएर राखेका साधनहरू खसेर टाउकोमा बज्रिने सम्भावना हुन्छ। त्यस्तै टेलिभिजन वा फर्निचरहरू ढल्ने सम्भावना हुन्छ। काँचको झ्याल फुटेपनि नछर्ने गरी, फर्निचरहरू नढल्नेगरी पहिले नै रोकथाम को उपाय अपनाऔं।

सही सूचना सुन्ने

झूठा अफवाहहरूको बहकाउमा नलागी, रेडियो वा इन्टरनेट बाट सही सूचना लिएर जानकारी मा राखौं।
त्यस्तै नगरपालिकाको विपत व्यवस्थापन वायरलेस प्रसारण वा आगो नियन्त्रण विभाग तथा प्रहरी विभागले प्रसारण गर्ने सूचनाहरूमा ध्यान दिने। (भूकम्प मापन स्केल ५ ज्याकु भन्दा बढीको भूकम्प आयो भने स्वचालित रूपमा सूचनाहरू प्रवाह गरिन्छ।)

本ページに関するお問い合わせ
新宿区 総務部-危機管理課
本ページに関するご意見をお聞かせください
区政についてのご意見・ご質問は、ご意見フォームへ。